रौतहट २१ फाल्गुण। रौतहटको गरुडा नगरपालिको चौथो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ ।
नगरपालिकाको कार्यालय गरुडाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना चौथो नगरसभा सम्पन्न गरेको हो ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख अतिथ्य तथा गरुडा नगरपालिकाका मेयर इनु राय यादवको अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७६र२०७७ का लागि ५५ करोड भन्दा बढी बजेट प्रस्तुत गरेको हो ।
कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्द मुस्ताक आलमले नगरको समग्र विकासका लागि ५५ करोड ४२ लाख ६७ हजार आय व्यय प्रस्तुत गर्नुभएको हो ।
सम्पन्न नगरसभाले यस चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य,कृषि,यातायात तथा भौतिक पूर्वाधार निर्माण लगायतका कामलाई विशेष प्राथमिकता दिएको छ ।
कार्यक्रममा नगरउपप्रमुख रंगिला देवी जयसवाल,कार्यपालिका सदस्य, प्रदेश २ का विकास समितिका सभापति शेख फुलबाबु युवा नेता राजकुमार दास लगायत व्यक्तिहरुका सहभागिता रहेको थियो ।