रौतहट, १६ फागुन ।
मुस्लिम समुदायका समस्या बुझन मुस्लिम आयोगका अध्यक्ष शुक्रबार रौतहटको दुर्गा भगवती गाउँपालिकामा आएका छन् ।
जिल्लाको दुर्गाभगवती गाउँपालिकाका नेपाल कम्युनिस्ट पार्टी युवा नेता तथा केंद्रीय सदस्य शम्भू सिंहको पहलमा गाउँपालिका भित्रका मुस्लिमहरुका समस्या बुझन मुस्लिम आयोगका अध्यक्ष समीम मिया अंसारी रौतहट पुगेका हुन् ।
दुर्गा भगवती गाउँपालिका पुगेका अध्यक्ष अंसारी गापा भित्रका मुस्लिम समुदायको घरहरु अवलोकन गरेका छन् ।
गाउँपालिकामा आएका अंसारीको स्वागत गाउपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद साह, वडा नं.३ का अध्यक्ष डिके झा, युवा नेता रौशन झा लगायतले गरेका थिए ।