रौतहट, १६ फाल्गुन ।

रौतहटको गरुडा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मोसहर आलमले शिक्षा क्षेत्रमा राजनीतिक र भ्रष्टाचार गर्ने प्रधानाध्यापकमाथि कार्यवाही गर्दा बिपक्षीहरुले आफु माथि भ्रष्टाचारको आरोप लगाएको बताउनु भएको छ ।
वडा नं ८ बसबिट्टी जिगडीया टोलमा रहेको श्री रामचन्द्र माध्यमिक विधालयमा व्यवस्थापन समितिको बैठक बस्नु अगाडी विधिवत तरिकाले जानकारी गराई पूर्ण बैठक हुनु पर्नेमा व्यवस्थापन समितिका सदस्यहरु र समितिका सचिव प्रधानाध्यापक जंगबहादुर ठाकुर र पदेन सदस्य वडाअध्यक्षलाई जानकारी नगराई चोर बाटो अपनाई बसेको समितिको बैठकले गरेका निर्णयहरु खारेज गराउन गाउँको शिक्षाप्रेमीहरुले नगर प्रमुख ईनु राय यादवसँग माग गरेको थियो ।
माध्यमिक विधालयको खाता संचालन गर्नका लागि शिक्षा एन निमावली नेपाल सरकारले लागु गरेको कानुनको भित्र बसी प्रधानाध्यापक संयुक्त हस्ताक्षरमा खाता संचालन हुनु पर्ने ठाउँमा श्री रामचन्द्र माध्यमिक विधालयमा प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्षको संयुक्त हस्ताक्षरमा खाता संचालन शिक्षा निमावली विपरीत रहेकोले स्थानीय अभिभावकहरुले विरोध गरेको कारण म माथि विभिन्न विकास कार्यको अफवाह एजेन्डा बनाएर विपक्षीहरुले भ्रष्टाचारको आरोप लगाउदैं नगरपालिका कार्यालय अगाडी धर्नामा बसेको वडा अध्यक्ष मोसहर आलमले भनाई रहेको छ ।
गत बर्ष २०७५ माघ १९ गते सम्म प्रधानाध्यापकको रुपमा कार्यरत रहेको सुबोध चौधरीले आफनो कार्यकालको आर्थिक कारोबार र समाजिक लेखापरिक्षण सार्वजनिक गरि गराई पटक पटक स्थानीयहरुको दबाब विधालयमा आए तापनि चौधरीले पाएको केही गलत तत्वहरुको संरक्षणले अभिभावक अगाडी प्रस्तुत गर्न नसकेको हुनाले कुन ऐन कानुनको आधारमा फेरी त्यही व्यक्तिलाई सो विधालयमा प्रधानाध्यापकको रुपमा ल्याएको बारे अवाज उठाउदा आफुलाई नै भ्रष्टाचारी भनी प्रोपगण्डा फैलाउन बिपक्षीहरुले षडयन्त्र रचेको वडाअध्यक्ष आलमले संचारकर्मीहरुसँग बताए ।
गलत रबैयाले असन्तुष्ट भई विधालयमा अध्ययनरत छात्रछात्राहरुले पटक पटक विधालयको कार्यालयमै प्रधानाध्यापक सुबोध चौधरीलाई थुनी शिक्षा सुधारको माग गर्दै आएको हुनाले व्यवस्थापन समिति, अभिभावक, वडाअध्यक्ष र राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको छलफलबाट विधालयमा भएको भ्रष्टाचार र शिक्षा सुधार गर्न चौधरीलाई हटाई नयाँ प्रधानाध्यापकको रुपमा जंगबहादर ठाकुरलाई सर्वसहमतिबाट नियुक्त २०७५ माघ २२ गतेका दिन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here