रौतहट १६ फाल्गुन । ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको अन्तिम शिविर एक औपचारीक कार्यक्रम बिच शुभारम्भ गरेका छन् ।
सो नगरपालिका अन्र्तगत डुमरीया स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख मेहताले माता जानकी जस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृति प्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनु पर्नेमा जोड दिए । मेहताले भने ‘आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई शिक्षा दिनु आजको आवश्यकता हो, छोरीलाई शिक्षा दिँदा सुदृढ संस्कृतिको जगमा उभिन सक्ने गरी दिनुपर्छ ।

Image may contain: 5 people, people on stage and people standing


प्रदेश नं २ को सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसे ढुङ्गा सावित हुने बताउँदै नगर प्रमुख मेहताले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताए । महिलाले सामाजिक, आर्थिक र राजनीतिक लगायत क्षेत्रको विकासमा प्रभावकारी भूमिका खेल्ने गरेको बताउँदै समाजमा व्याप्त दाइजो जस्ता कुरीति समाप्त पारी छोरी, बुहारी एवं महिला प्रति सम्मान गर्नु आजको आवश्यकता रहेकामा उनले जोड दिए ।

Image may contain: 8 people, crowd and outdoor


उनले सिँचाइ, बीउबिजन, मलखादको आवश्यकतालाई प्राथमिकतामा राखेर विदेश पलायन हुने युवा पुस्तालाई समेत रोक्नु पर्नेमा जोड दिएका छन् । सो अवसरमा सो नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ताले नेपालको संविधानले कल्पना गरेको समतामूलक समाजको स्थापना गर्न सो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here