रौतहट ।
रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समिति सोमबार चयन भएको छ ।
विगत दुई वर्षदेखी विभिन्न विवादका कारण अवरुद्ध रहेको समितिको चयनका लागि गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवका सुपुत्र एवम शिक्षा प्रेमीका रुपमा रहेका अनिल कुमार यादवको विषेश पहलमा समिति सर्वसहमत चयन भएको हो ।
समाजवादी पार्टि रौतहटका नेता एवम स्थानियबासी राजकुमार दास तथा सोही वडाका एक स्थानिय विच भएको आपसी मनमोटावका कारण पटक पटक विभिन्न किसिमका विवादहरु भई रोकिएको समिति चयनका लागि शिक्षा प्रेमी यादवले लगायत प्रयास गरे पछि दुवै पक्ष सहमत भई समिति चयन गरेका छन् ।
सोमबार गठन भएको समितिका अध्यक्षमा राजकुमार दास समितिको सदस्यहरुमा बसन्त ठाकुर, कुसुम देवी यादव, अमिता कुमारी देवी तथा शिक्षा प्रेमीका रुपमा अनिल कुमार यादव लगायतलाई ७ जनालाई सर्वसहमतिले चयन गरिएको छ ।
यस अघि श्री मा.वि.श्रीपुरको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका दास सोमबार देखी दोश्रो पटक उक्त विद्यालयको व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेका हुन ।
आफुमाथि थपिएको यो जिम्मेवारी ईमानदार र बफादारिताका साथ निर्वाह गर्दै बिधालयको अवस्था सुधारको लागि अहोरात्र खट्ने प्रतिबद्धता अध्यक्ष दासले जनाए ।
Home मुख्य समाचार शिक्षाप्रेमी अनिल यादवको पहलमा २ वर्ष देखि विवाद विद्यालयमा व्यवस्थापन समिति चयन...