रौतहट, १३ फाल्गुन । रौतहटको ईशनाथ नगरपालिका स्थित मोतिपुरमा रहेको नवनिर्मित ब्रहम बाबा मन्दिरको प्राण प्रतिष्ठाको लागी आज निस्केको कलश यात्रामा नगरपालिकाका मेयर सन्तोष मेहता सहभागी भएका छन् ।
मन्दिरको प्राण प्रतिष्ठा र कलश यात्रामा सहभागी भई मेयर मेहताले नगरपालिकाबासीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मेयर मेहताले धर्म संस्कृतिको रक्षाका लागी आफु सदैव अग्रसर रहने बताएका छन् ।
पछिल्लो समय उक्त निर्वाचन क्षेत्रमा केहि असमाजिक तत्वहरु द्धारा धर्मको आडमा विभिन्न समुदाय बिच भेदभाव सृर्जना गर्ने अभ्यास भई रहेको हुँदा त्यस्ता तत्वहरुबाट सबै सचेत हुनु जरुरी रहेको वहाँको भनाई रहेको छ ।
मेहताको सहभागीताले सो यात्रामा सहभागी रहेका भक्तजनहरु हर्षित भएका थिए ।