रौतहट,१३ फागुन।
नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम संघीय सांसद प्रभु साहले भ्रष्टाचार विरोधी अभियान कुनै हालतमा नरोकिने बताएका छन् ।
रौतहटको मौलापुरमा मंगलबार लक्ष्मीनिया माविमा आयोजित साक्षरताको लागि साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले कुनै परिस्थिति तथा दबाबमा भ्रष्टाचार विरोधी अभियान नरोकिने दावी गरेका हुन् ।
कुनै पक्षबाट भ्रष्टाचार विरोधी अभियान रोक्ने प्रयासलाई विफल पार्दै भ्रष्टाचारमुक्त समाज निर्माण गरेरै छोडने उनले प्रतिबद्धता व्यक्त गरे ।
सांसद साहले भ्रष्टाचार अन्त्य गर्न सबै देशबासी एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै कुनैपनि हालतमा भ्रष्टाचार हटाएरै छाड्ने बताए । सोही अवसरमा नेता साहले विद्यालयको प्रशासनिक भवन र आठ कोठे शैक्षिक भवनको शिलान्यास समेत गरेका थिए ।
कार्यक्रममा मौलापुरका मेयर रिना साह तथा प्रदेश सांसद कुन्दन कुशवाहा लगायत व्यतिmत्वहरुको सहभागीता रहेको थियो ।