काठमाडौं १३ फागुण । आज देशका केहि स्थानमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको छ। पश्चिमी वायु र न्यूनचापीय क्षेत्रको असरका कारण देशका पुर्व, मध्य र पश्चिमका केहि स्थानमा दिउँसोपख हावाहुरी र चट्याङसहित हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि दिउँसोपख पानी पर्ने संभावना रहेको महाशाखाकी मौसमवीद् विभूती पोखरलले जानकारी दिइन्। केहि दिन यता देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुँदै आएको छ। आज पनि देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात हुने मौसमवीद् पोखरेलले बताइन्। काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २० देखि २२ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। सभार थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here