रौतहट ११ फाल्गुन । रौतहट जिल्लाको दुर्गाभगबती गाउपालिकामा दुई साता अघि एक बृध्दको हत्यामा उनको छोराको संलग्तना रहेको प्रहरीले जनाएको छ । गएको माघ २८ गते आफनै घर गोठमा सुतिरहेको अबस्थामा हत्या गरिएका ८० बर्षिय फेकन पंडितको माईला छोरा राजकुमार पंडित संग घरायसी झगडा भएको बदलामा हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
दुर्गाभगबती गाउपालिका–३ देबीपर्साटोल निबासी फेकन पंडितको अनुहार र टाउकोमा हथौडा र धारिलो हतियार प्रयोग गरी उनकै छोरा राजकुमार पंडितले हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतबार पत्रकार सम्मेलन गर्दै प्रहरी उपरिक्षक रबीराज खडकाले बिभिन्न कोण बाट घटनाको अनुसन्धान गर्दा उनकै छोराको संलग्नता रहेपछि पक्राउ गरेका छौ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन कुमार सिंह सहितको नेतृत्वको ५ सदस्यीय अनुसन्धान टोलीको अनुसन्धान पछि उनकै छोरा राजकुमार पंडितले हत्या गरेको खुलेको हो ।
कृषि पेशामा आबघ रहेका फेकन छुट्टै घरगोठमा बस्दै आएका थिए तर उनको छोरा राजकुमार पंडित भने दुर्गा भगबती गाउपालिकाको पिप्रा बजारमा किराना पसल ब्यबसाय गर्दै आएका थिए ।
पंडितको चार छोरा रहेका छन । पक्राउ परेका आरोपीले समेत घटना आफैले घटाएको स्वीकार गरिसकेपछि पक्राउ परेका राजकुमार पंडितको श्रीमती “क“ नाम परिवर्तन ले मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत कारवाही गरी पाउँ भनी गत ७ गते जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दरखास्त दिएकी छिन ।
जिल्ला अदालत गौर बाट पक्राउ परेका पंडित लाई पाच दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here