रौतहट, ७ फागुन ।
रौतहट जिल्लामा समाजवादी पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियानको बुधवारबाट शुभाराम्भ गरेको छ ।
रौतहट क्षेत्र नं.१ क दुर्गा भगवती गाउँपालिका पिपराबाट सुरु भएको समाजवादी पार्टी रौतहटको बिसु अभियानका संयोजक पार्टीका केन्द्रिय सदस्य एवम प्रदेश सभा सदस्य रामकिशोर राय यादवको प्रमुख अतिथ्य तथा प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
विगतका राम्रा पक्षलाई आत्मसाथ गर्दै अब गफ होइन काम गर्नुपर्ने बिसु अभियानका संगोजक यादवले राखेका छन् ।
संघीयताको मर्म नै पहिचान भएकाले अहिलेको महेन्द्रीय प्रसासनिक संघीयताले मुलुक समृद्ध हुनै नसक्ने ठोकुवा गरेका छन् ।

पार्टीलाई एक ढिका बनाएर लगनु सबैको दायित्व भएको बताउदैं पार्टी भित्र ससाना विवादहरु आई रहनु समान्य भएको राज्यमन्त्री योगेन्द्र राय यादवले बताउनु भयो ।
समाजवादी पार्टी रौतहटका पुर्व जिल्ला उपाध्यक्ष श्याम बिहारी यादवले संगठनात्मक पद्धतिका बारेमा बोल्दै सशक्त पार्टी निर्माणका लागि आन्दोलनको आवाश्यकता रहेको बताए । आन्दोलनको तयारीका लागि विसु अभियान पार्टीले शुरु गरेको उनको भनाइ थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य बबन सिंह, केन्द्रिय सदस्य रेबन्त झा, जिल्ला ईनचार्ज बृजकिशोर यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, पार्टीका नेता तथा मेयर बिरेन्द्र यादव, पार्टीका नेता तथा उपमेयर अंशु सिंह लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।