रौतहट, ७ फागुन ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा आज भव्यताका साथ ७० औ प्रजातन्त्र दिवस मनाएको छ ।
जिल्ला समन्वय समिति रौतहटको आयोजनामा मनाएको प्रजातन्त्र दिवशका अवसरमा कर्मचारी, जनप्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना एवम नगरका विधालयका छात्र छात्राहरुले प्रभात फेरी गरेका थिए ।
जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामएकवाल राय यादवको अध्यक्षतामा सम्पन्न भएको प्रजातन्त्र दिवश कार्यक्रममा प्रजातन्त्रका लागि ज्यान गुमाउने ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गर्नुका साथै जिल्ला समन्व कार्यालय परिसरमा रहेको राष्टिय झण्डा उतालनको कार्य समेत गरिएको थियो ।
कार्यक्रममा सहभागी समन्वय समितिका उपप्रमुख रामअशिष यादव, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता, जिल्ला प्रशासन कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाली सेनाका प्रमुख तथा एवम सहभागी सबैले शहिदहरुको तस्वीरमा फुल अबिर चढाएका थिए ।
कार्यक्रममा प्रहरी, शसस्त्र प्रहरी तथा सेनाहरुले प्रजान्त्रतका लागि आफना ज्यानको आहुति दिने विर शहिदहरु प्रति सलामी अर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here