रौतहट, ७ फागुन ।
रौतहटको तेस्रो नगरपालिकाको रुपमा रहेको गरुडा नगरपालिकाले बुधबार ७० औ प्रजातन्त्र दिवस मनाएको छ ।
नगरपालिकाले नगर परिक्रमा तथा अन्य कार्यक्रमहरु गरि भब्यताका साथ दिवस मनाईएको हो ।
नगरपालिकाका मेयर इन्नु राय यादव तथा उपमेयर रंगिला देवी जयसवालले गरुडा नगर भित्रमा रहेका अस्पतालका विरामीहरुलाई दिवसको अवसरमा अस्पतालमै पुगि फलफूल वितरण गरेका छ ।


फलफुल वितरण पश्चात नगरपालिकाका मेयर यादव, उप मेयर जयसवाल तथा निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले श्री वंशीराम अनाथालय गरुडामा रहेका बालबालिकाहरु संग भेटघाट गरी सो बालबालिकाहरुलाई फलफूल बितरण गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here