कञ्चनपुर ५ फागुन । उच्च अदालत दिपायल इजलास महेन्द्रनगरको बा १ झ ८८६३ नम्बरको गाडीमा सोमवार आगलागी भएको छ। भीमदत्तनगरस्थित विपिन पेट्रोल पम्पनजिक गाडीको वाइरिङ सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले बताए। उनका अनुसार गाडीमा आगलागी हुँदा पूरै सिट जलेका छन्। इन्जनमा भने कुनै क्षति भएको छैन। भीमदत्त नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा गाडीमा लागेको आगो नियन्त्रण गरिएको छ। सभार थाहा खबर








