भोजपुर ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सवइन्जिनियर बिष्णुकुमार राईलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। सब इन्जिनियर राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार पक्राउ गरेको हो । अख्तियारका अनुसार सब इन्जिनियर राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिइसकेको अवस्थामा आमचोक गाउँपालिका वडा नं ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। सभार थाहा खबर