रौतहट, ५ फागुन ।

रौतहटको गरुडा नगरपालिकाका मयेर इन्नु राय यादवले निजि स्वार्थ सिद्ध नभए पछि उपमेयर रंगिला देवी जयसवालले कार्यालय प्रमुखको विरोध गरेको टिप्पणी गरेका छन् ।
विगत करिब तिन महिना देखि कार्यालय प्रमुख विहीन रहेको नगरपालिकामा नगरपालिकाको कार्य संचालनका लागि उपमेयर जयसवालसंग सहकार्यमा नै निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका मोहमद मुस्ताक आलमलाई काम लगाएको जानकारी दिदैं मेयर यादवले अहिले आएर आफना निजी स्वार्थ पुरा नभए पछि हाकिमको विरोध गर्नु ठिक नभएको बताएका छन् ।
निमित प्रमुखको जिम्मेवारी पाएका आलमलाई उपमयेर जयसवाल स्वयमले नै कार्यालयमा अबिर माला लगाई स्वागत गरि कामकाजमा खटाएकोमा आफुले नियमसंगत कार्यमात्र गर्न निर्देशन दिएकोमा निजले निति नियम र निर्देशनमा नै चल्दा कसरी खराब प्रबृतिको भएको भनि प्रति प्रश्न समेत गरेका छन् ।
नगरपालिकाको विगतमा अलपत्र रहेका कार्यक्रम संचालन गर्नका लागि चौथो नगरसभाको सुचना हुदा आफु नगर कार्यपालिकाको बैठकमा समेत आई बैठकबाट बाहिरीनुले विकास कार्य प्रति उपमेयर संवेदनशिल नभएको आरोप समेत मयेर यादवको रहेको छ ।
निमित कार्यालय प्रमुख आलम आफु संग कुनै तालमेल नगरेको आफु बहुत कार्यपालिका सदस्यहरुले समेत कानुनी परिधी भित्र रहि कार्य गर्न मात्र निमित प्रमुख आलमलाई सहयोग विषयलाई निजीकरण वा निजी स्वार्थ गरेको भन्नु गलत भएको समेत तर्क रहेको छ ।
उपसचिव वा शाखा अधिकृत जो आए पनि नियम बाहिर चले आफुहरुले कुनै सर्तमा स्वीकार नगर्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here