रौतहट, ४ फागुन ।
रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीमा विश्व कल्याण हेतु आयोजित श्री शिव शक्ति महायज्ञ एवं संगीतमय श्री राम कथा ज्ञान महायज्ञ आइतवार संपन्न भएको छ ।
माघ २४ गते देखि पहिलो पटक भव्य रुपमा आयोजना गरिएको महायज्ञको आइतवार विधिवत रुपमा समापन भएको हो ।
बागमती गंगा किनारमा भएको महायज्ञ को १० औं दिनमा ५ लाख भन्दा बढ़ी श्रद्धालुहरुले अवलोकन गरेको आयोजिक समितिले दावी गरेको छ । महायज्ञको समापन कार्यक्रम जेष्ठ नागरिक स्थानिय बैजनाथ दासलाई अध्यक्षता ग्रहण गराईको थियो भन्ने प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख धिरेन्द्र कुमार सिंह रहेको थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै नगरपालिकाका नगर प्रमुख सिंहले महायज्ञबाट शांति स्थापना हुने आशा व्यक्त गरेका छन् । उनले विश्वको कल्याण तथा सत्य धर्मको रक्षार्थ महायज्ञ फलदायी हुने बताए ।
समापन कार्यक्रममा जंगलसैया साझेदारी बन समितिका अध्यक्ष एवम नेपाली काँग्रेसका युवा नेता रामचन्द्र गिरीले कलयुगमा धर्म र कर्मले प्रचार मानवको मुक्ति हुने एक मात्र विकल्प रहेको बताए ।
ग्रामीण विकास केन्द्र रौतहटका अध्यक्ष पारस हुसैनले सवैको धार्मिक ग्रन्थले सत्यको बाटो रोज्ने सन्देश दिने गरेको बताएका छन । उहाले धर्म प्रतिको नकारात्मक सोच त्याग्नु पर्ने धरना राखे ।
रेडखबरका निर्देशक जय प्रकाश यादवले यस महायज्ञले धर्म सस्कृतिको रक्षा गर्न सिकाउनुका साथै आफनो मातृभाषा प्रतिको सम्मानलाई प्रगाढ बनाएको बताए । यादवले प्रत्येक वर्ष बाढीको चपेटामा पर्ने स्थानियबासीलाई बागमति माताले अब कृपा गर्ने प्रार्थना समेत गरे ।
१० दिन सम्म चलेको महायज्ञमा मनोरंजन, निशुल्क खान बस्न, धार्मिक प्रबचनको व्यवस्था गरिएको थियो । भारतका प्रसिद्द राजऋषि आचार्य श्री सुदर्शन महाराजको रामकथा प्रवचनमा संघीय सरकारका श्रम तथा रोजगार मंत्री रामेश्वर राय यादव, प्रदेश २ का प्रदेश सांसद बाबूलाल साह, नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा प्रसाद यादव, समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य रेवंत झा, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, कटहरिया नगरपालिकाका उपप्रमुख नूर जहा खातून, समाजसेवी भाई नसरुदीन अंसारी लगायतका विभिन्न क्षेत्रका परिचित व्यक्तित्वहरुले अवलोकन तथा निरिक्षण गरेको महायज्ञ समितिका अध्यक्ष नविन कुमार सिंहले जनाएका छन ।
उहाले सवैको सहयोगमा महायज्ञ भव्यताका संपन्न भएको भन्दैं महायज्ञमा आर्थिक, शारिरीक, भौतिक तथा रचनात्मक रुपमा सहयोग दिनेहरुलाई हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दै कदर पत्रबाट समान्नित समेत गरेका छन् ।


कार्यक्रमको संचालन युवा पत्रकार अभिमनु पटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here