रौतहट, ४ फागुन।
रौतहटको सदरमुकाम गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नगरको वडा नं. २ मा निर्माण हुने वडा कार्यालय भवन र स्वास्थ्य संस्था भवनको आइतबार एक कार्यक्रमका शिलान्यास गरेका छन् ।
गौर नगरपालिका वडा नं. २ महादेवपट्टी स्थित वडा कार्यालय भवन र स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ ।
करिब ४७ लाखको लागतमा निर्माण हुने चार कोठे वडा कार्यालय भवनमा १७ लाख वडा कार्यालय, २६ लाख जिल्ला समन्वय समिति र ४ लाख जनसहभागिताबाट व्यहोरिने भएको छ ।
त्यस्तै ३८ लाखको लागतमा निर्माण हुने स्वास्थ्य संस्थाको भवन निर्माणको पैसा संघिय सरकारबाट प्राप्त भएको वडा अध्यक्ष राकेश कुमार झाले जानकारी दिनु भयो।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम नगर प्रमुख गुप्ताले आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई सस्तो, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्य संस्था स्थापना गरिएको बताए ।
नगर प्रमुख गुप्ताले स्वास्थ्य संस्था तथा वडा कार्यालय भवन शिलान्यास गर्दै आम नागरिकलाई सेवा लिन कुनै कष्ट नहुने र छिटै नै कार्यालय जान नंया बाटो शिलान्यास हुने प्रतिवध्ता व्यक्त गरेका छन् ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राकेश कुमार झाले गर्नु भएको थियो भन्ने कार्यक्रममा नगर उपप्रमुख किरण ठाकुर, वडा नं.१ का वडा अध्यक्ष भरत साह, वडा नं. ४ का वडा अध्यक्ष भुनेस्वर साही, वडा नं. ५ का वडा अध्यक्ष रामस्वार्थ राय यादव, विद्यार्थी नेता ओमप्रकाश साह लगायत सर्वसाधारणहरुको सहभागीता रहेको थियो ।