राजविराज, ३ फागुन । राजविराज जेसीजले ‘प्रि–ईन्डक्सन एवम् लोम अफिसर्स’ सम्बन्धी एकदिने तालिम आज फागुन ३ गते शनिबार राजविराजमा सम्पन्न गरेको छ ।
नियमित कार्यक्रमअन्तर्गत सञ्चालित तालिमको उद्घाटन गर्नुहुँदै राजविराज जेसीज वर्ष १९९३ का अध्यक्ष गोबिन्द काबराले जेसीजले कुशल र असल व्यक्तित्व निर्माण गर्ने बताउनु भयो । जेसीजबाट उत्पादित नेतृत्व समाजमा बिक्ने र सबैले मान्ने हुनुपर्ने बताउनु हुँदै काबराले असल र कुशल नेतृत्वका लागि तालिम जरुरी रहेको बताउनु भयो ।
राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम नयाँ कार्यसमितिका पदाधिकारीको सहभागिता रहेको तालिममा नेपाल जेसीज एरिया ए का पूर्व तालिम कोर्डिनेटर भुवन राउतले प्रशिक्षण दिनुभयो । प्रशिक्षक राउतले जेसीजमा आबद्ध सबैका लागि तालिम आवश्यक रहेको बताउनु हुँदै जेसीजको विधान अनुसार तालिम, वैठक, सम्मेलनमा सहभागी नहुने सदस्यले नेतृत्व लिन नसक्ने बताउनु भयो । कार्यक्रममा सहभागीलाई जेसीआई, नेपाल जेसीज, राजविराज जेसीजको ईतिहास, शाखाका पदाधिकारीहरुको काम कर्तव्य र अधिकारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
राजविराज जेसीजका अध्यक्ष कटवालले तालिमको औचित्यमाथि प्रकाश पार्नुहुँदै युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलताको विकासका लागि प्रत्येक महिना आवश्यक र फलदायी तालिमको योजना बनाइएको बताउनु भयो । तालिमले सक्रिय नागरिकको भूमिका निर्वाह गर्न तथा सार्थक र सफल वर्ष बनाउन सहयोग पुग्ने उहाँले बताउनु भयो ।
महासचिव खेलानन्द दासले सञ्चालन गर्नुभएको कार्यक्रममा तालिम संयोजक रबी रायले स्वागत तथा कार्यकारिणी उपाध्यक्ष विप्लब आनन्दले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यकारिणी उपाध्यक्ष गणेश दासले जेसीज आस्था वाचन गर्नुभएको थियो ।
नेतृत्व विकासको लागि तालिम उपयोगी रहेको भन्नुहुँदै सहभागी रन्जना चौधरीले प्रशिक्षणबाट आफूहरु उत्साहित भएको बताउनु भयो । राजविराज क्षेत्रका युवाहरुलाई समेट्दै सन् १९७६ मा राजविराज जेसीज स्थापना भएको थियो ।