विराटनगर, ३ फागुन।
अम्बे मुरारी सेवा केन्द्रले आफ्नो ११ औं बार्षिक उत्सवको अवसर पारेर पत्रकार धिरज दाहाललाई सम्मान गरेको छ।
बिराटनगर ८ स्थित सुशिक्षा सभा हलमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारिता मार्फत समाजमा जनजागरण, मानवीय मूल्य मान्यता एवं सामाजिक न्यायका पक्षमा योगदान पुर्याए वापत दाहाललाई सम्मान गरेको हो।
कार्यक्रममा सीता पोखरेल, दिनबन्धु गोयल, बेनि गोपाल मुण्दडालाई समासेवा तर्फ सम्मान गरिएको थियोे । त्यस्तै बिमला भट्टराई (शिक्षा) , संगिता उप्रेती ( स्वास्थ्य) क्षेत्रबाट सम्मानित भएका छन् ।
त्यसैगरी केन्द्रले आदर्श बिधालयमा अध्ययनरत छात्रा उर्मिला चौहान र पशुपति बिद्या मंन्दिरमा अध्ययनरत छात्रा महिमा मंडललाई क्रमशः ७ हजार र ५ हजारको छात्रवृत्ति प्रदान गरिएको थियोे ।
उम्बे मुरारी सेवा केन्द्रले समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । शिक्षा, स्वास्थ र जिविकोपार्जनका क्षेत्रमा केन्द्रले बिशेष कार्यक्रम संचालन गर्ने गर्दछ ।