पर्सा, ३ फागुन ।
ग्लोबल विजनस क्लेजको अयोजनामा तपाई आफनो लक्ष्यको गुरु तपाई आफै हुनुहुन्छ भन्ने विषयमा आज विहान प्रशिक्षण कार्यक्रम समपन्न भएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रशिक्षकहरुले आफनो योजना र कार्यन्वयन यसैगरी आफुले आफुलाई कसरी नियन्त्रणमा राख्ने लगायतबारे प्रशिक्षण प्रदान गरिएको हो ।
आधुनिक युगमा समाजिक सञ्जालहरुले गर्दा अध्ययनरत विद्यार्थीहरुमा कतिको असर गर्ने गर्दछ, र यसले विद्यार्थी जीवनमा कतिको असर गर्छन भन्ने बारेमा प्रशिक्षण दिइएको प्रशिक्षक तथा प्रध्यापक संतोष कर्णले बताए । अहिलेको कलिलो उमेरमा मन मस्तीष्कलाई उपलब्धी मुलक अध्ययनमा कसरी पु¥याउने लगायतको बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको प्रध्यापक कर्णको भनाई छ ।
प्रध्यापक संतोष कर्ण र ग्लोबल विजनश क्लेजका निर्देशक श्रीराम दासले संयुक्त रुपमा दिएको प्रशिक्षण कार्यक्रममा निर्देशक तथा एचआर हेड ओम प्रकाश श्रेष्ठ, निर्देशक व्यवस्थापक प्रमुख अशोक सरार्फ लगायत कक्षा १२ मा अध्ययनरत विद्यर्थीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here