रौतहट, ३ फागुन ।
रौतहटको गरुडा नगरपालिकाको कार्यपालिका बैठकले अगामी २१ गते नगरपालिकाको चौथो नगर सभा गर्ने निर्णय गरेको छ ।
विगत ३ महिना देखि कार्यालय प्रमुखको सरुवा पछि पश्चात नगरपालिकाले नियमित कामकाज बाहेक विकासात्मक कार्यहरु प्रशासकिय प्रमुख नभएका कारण रोकि राखेकोमा केही दिन अगाडी मात्र निमित प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोहमद मुस्ताक आलमलाई पाए पछि आज पहिलो बैठक बस्दै अगामी कार्यहरुबारे निर्णय गर्न नगरसभाको आयोजना गर्न लागेको हो ।
नगरपालिकाले शुक्रबार आफना नगर कार्य समितिका सदस्यहरुलाई आज बैठकाको लागि पत्रचार गरे पछि बैठकमा उपस्थित भएका कार्यपालिका सदस्यहरुले विभिन्न निर्णय गर्दै अगामी फागुन २१ गते नगर सभा बोलाएको हो ।
आज बसेको कार्यपालिका बैठकले क्रमश ७ वटा निर्णय गरेको हो ।
बैठकले अगामी फागुन ७ गते राजश्व परार्मश समितिको बैठक, फागुन ८ गते स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक, फागुन ९ गते नगर कार्यपालिका बैठक, फागुन १० गते देखि फागुन १२ गते सम्म विषयगत समितिहरुको बैठक, फागुन १३ गते बजेट तथा कार्यक्रम तर्जुमा समिति ( बजेट तयार गरि कार्यपालिकामा पेश गर्ने ) फागुन १४ गते नगर कार्यपालिकाको बैठक र फागुन २१ गते नगर सभाको आयोजना गर्ने तालिका बनाएको निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी दिनु भएको छ ।
नगर प्रमुख इन्नु राय यादवको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख रंगिला कुमारी जयसवाल, विभिन्न वडाका वडाअध्यक्षहरु कार्यपालिका सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
नगरकार्यपालिकाको बैठकमा सहभागी भएका उपप्रमुख रंगिला देवी तथा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले भन्ने उपस्थिति हाजरीमा आ आफनो उपस्थिति जनाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here