पोखरा, ३ फागुन ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिनको अवसरमा भन्दै मुख्य मन्त्री कार्यालयमा मै रक्सी भोज दिएका छन ।
मुख्यमन्त्रीले रेडलेवल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेवलमा नै राखेका छन भने अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका छन ।
गण्डकी प्रदेशका नेकपाका नेता समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हास्दै गरेको फोटो समेत सार्वजनिक भएको छ ।
उनले मुख्यमन्त्रीको मर्यादा भन्दा बाहिर गएर गरेको उक्त हर्कतको आलोचना सबैले गरेका छन । कतिपय उनका आलोचकले त उनलाई मुख्यमन्त्रीबाट हटाउन समेत माग गरेका छन । संभार ः न्युज अफ नेपाल ।