सर्लाही २, फाल्गुन । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहिवारबाट छोरी शिक्षा बीमा कार्यक्रम सुरु भएको छ ।सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत गाउँपालिका स्तरीय कार्यक्रमको चक्रघट्टा गाउँपालिकाका प्रमुख विक्रम यादवले उद्घाटन गर्नुभएको हो ।शिविर उद्घाटन बिहिबार भएसंगै सोहि दिन मात्र ११९ जना छोरीहरुको शिक्षा बीमा गरिएको गाउँपालिकाको राष्ट्रिय परिचय पत्र तथा पञ्चीकरण विभाग शाखाका प्रमुख पवन कुशावाहा जानकारी दिनुभएको छ । पहिलो दिन गाउँपालिका कार्यालयकै प्राङ्गनमा सबै वडाका लागि निःशुल्क शिविर राखेपनि छुटेका अभिभावकका लागि अब सम्वन्धित वडाको सिफारिस अनुसार छोरीहरुको बीमा गराइने गाउँपालिका कार्यालयले जनाएको छ ।
यसैक्रममा आज ९शुक्रवार० बाट जिल्लाको चन्द्रनगर गाउँपालिकाले पनि छोरी शिक्षा बीमा कार्यक्रमको सुरुवात गरेको छ । २० वटा स्थानीय तह रहेको सर्लाहीमा अहिले धमाधम सबै पालिकाहरुले छोरीहरुको शिक्षा बीमा कार्यक्रम गरिरहेका छन् । छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत प्रदेश सरकारले २०७५ साल माघ १ यता जन्मिएका छोरीहरुको नाममा धमाधम मुद्धती खाता खोल्दीरहेको छ ।
साभार ( उज्यालो अभियान