रौतहट, २ फागुन ।
रौतहटको राजदेवी नगरपालिकाको बह्मपुरीमा आयोजित शिव शक्ति महायज्ञको त्रिदीवसीय संगीतमय श्री राम कथा को आयोजना आज दोस्रो दिन पनि गरिएको छ ।
अलौकिक आध्यात्मिक आयोजित कथाको उद्घाटन नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री माननिय रामेस्वर राय यादव एवं राजदेवी नगरपालिकाका मेयर धीरेन्द्र कुमार सिंह, गौर नगरपालिकाकी नगर उप मेयर किरण ठाकुर, यज्ञ समितिका अध्यक्ष नवीन कुमार सिंह, तथा राजपा नेता अनिल कुमार सिंहले दीप प्रज्वलित गरि गर्नु भएको हो ।

यस अवसरमा पर मन्त्री यादवले आचार्य सुदर्शनजी महाराजलाई माला, पट्टीका लगाएर स्वागत गर्दै आजको कथा आरम्भका लागि अनुरोध गरेका थिए । मन्त्री यादव लगायतका मान्यवरहरुको अनुरोध पश्चात कथा आरम्भ गर्दै आचार्य श्री सुदर्शन जी महाराजले बाबा भोलेनाथको आरती वंदनाबाट कार्यक्रमको शुरुआत गरेका थिए । वंदनाको क्रममा पवनसुत हनुमान एवं भगवान श्री कृष्णको भजनहरु प्रस्तुति गरिएको थियो । भजनका क्रममा ( संकट से मुझ को बचाना, पवनसुत मुझको बचाने आना एवं भक्तों की भीड़ में मधुबन की नीर में आ कन्हैया आ, जरा नाच के दिखा ) आदि मनमोहक भजनहरु गाईएको थिए ।

आचार्य श्रीले वंदना पश्चात कथाको आरम्भ गर्दै भगवान श्री राम एवं उनका भ्राताहरुको नामकरण संस्कार एवं शिक्षा संस्कार माथि विशेष प्रकाश पार्नु भयो । उनले अचेल पश्चिमी संस्कृतिको हावी का कारण हाम्रो संस्कृति र संस्कार भुल्न लागेको प्रति दुख प्रक्ट गरे ।

प्राचीन कालमा गुरुबाट शुभ मुहूर्त हेरि विद्यारंभ गर्ने कार्य भएको स्मरण समेत गराए । आर्चाय महाराजले गुरु शिष्य परंपरामाथि सबैको ध्यान आकर्षित गराउनु भयो ।


आचार्य श्री को प्रवचन तथा तिनका मनमोहक भजनहरु सुने पछि पूरा वातावरण राममय बनेको थियो भने दर्शकहरु भाव् विभोर हो भएका थिए ।

आयोजित कार्यक्रममा आर्चायका शिष्यहरु रुद्रेश कुमार सिंह बाबू साहब, शैलेन्द्र कुमार सिंह, नेपालका पूर्व सांसद मो अब्दुल कलाम आजाद, विश्व हिन्दू परिसद, नेपालका राष्ट्रीय अध्य्क्ष संतोष पटेल , नेकपाका नेता राजकिशोर यादव, नेका नेता चन्द्रिका सिंह, रिपोर्टस कल्ब नेपाल रौतहटका अध्यक्ष अभिमनु पटेल, रामनारायण सिंह, समेत हजारौं श्रद्धालुहरु उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here