रौतहट, २ फागुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा अवस्थित जनज्योति माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा गर्न सकेको छैन ।उक्त विद्यालयले समिति गठनमा चासो नदिदा विद्यार्थीहरु सरकारले दिने निःशुल्क खाजाबाट बञ्चित भएका छन् ।विद्यालयका प्रधानाध्यापक र सरोकारवाला व्यक्तिहरुले यस विषयमा ताकेता गरेपनि हालसम्म समिति गठन गर्न चासो नदेखाएको नगरपालिकाको आरोप छ ।बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दै नेपाल सरकारले स्थानीय सरकार मार्फत शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई दैनिक प्रति विद्यार्थी १५ रुपैयाँ बराबरको निःशुल्क खाजाको व्यवस्था गरेको छ ।
उक्त खाजा कार्यक्रमले बालबालिकाहरु नियमित रुपमा विद्यालय आउन पनि मद्दत गर्ने विश्वास गरिएको छ ।
तर, जनज्योति माध्यामिक विद्यालयलले व्यवस्थापन समिति गठन गर्न नसक्दा नगरपालिकाले चार महिनादेखि दिवा खाजाको रकम निकासा रोक्का गरेको छ ।विद्यालयको वेवास्ताका कारण २५० भन्दा बढी विद्यार्थीहरु सरकारले दिएको सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् ।सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि २०७३ अनुसार विद्यालयमा खाजा व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा निजले तोकेको समितिको सदस्यको अध्यक्षतामा खाजा व्यवस्थापन समिति गठन हुनुपर्ने व्यवस्था छ ।
तर, समिति चयन नहुदा खाजा कार्यक्रम मात्र होइन, विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिमा समेत असर परेको छ । यता विद्यालयका प्रधानाध्यापक शंकर भट्टराई भने राजनैतिक सहमति कुरिएको हुनाले समिति गठन पक्रिया केही ढिला भएको बताउँछन् ।
त्यतिमात्र होइन व्यवस्थापन समिति गठन नहुँदा सो विद्यालयमा नमूना विद्यालय वापत आएको सरकारी अनुदानको पहिलो किस्ता बापतको रु डेढ करोड रुपैया पनि कामै नभई फ्रिज हुने अवस्थामा पुगेको छ ।
साभार news 24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here