बिराटनगर, २ फागुन ।

प्रदेश नं १ काे बिराटनगरमा पछिल्लो ५० दिन देखि दस रुपैयाँमा सर्वसाधारणलाई पेट भरी खाना खुवाउदै आएका समाजसेवी दिलीप धरेवालाई भारत नेपाल सामाजिक संस्कृति मंचले सम्मान गरेेेेेकाे छ।

सम्मानित गर्दै मंचका अध्यक्ष राजेश कुमार शर्माले भने आजको दिनमा यस्तो महगों समयमा दस रुपैया नेपालीमा एक कप चिया समेत नपाउने समयमा समाजसेवी दिलीपले सुद्ध खानाको ब्यवस्थापन गरि समाजमा रहेका गरीब जनतालाई सेवा दिएर एउटा निकै नै समाजमा ऐतिहासिक सेवा भाव देखाएको बताए ।

त्यही कुराले भाभुक भएर आशियान इंटरनेशनल जॉर्नलिस्ट कॉउंसिलका मेराज सिद्धकीले भने यस्तो सामाजिक कार्य बाट आउने पीढ़ी लाई निकैनै राम्रो संदेश पाउने बताए। हरेक दिन ११ सय भन्दा बढीलाई मात्र दस रुपयामा खाना खुवाएर आफैमा निकै नै प्रशंसाको पात्र बन्न पुगेको बताए।
त्यस्तै बृहत मदेशी नागरिक समाजका अध्यक्ष सूर्यनाथ सिंह कुशवाहाले भने संस्कृति मंच द्वारा दुइटै देश बीच भौगोलिक स्तर बाट समाज सेवा गरि रहेका हरु लाई खोजी खोजि सम्मानित गर्दा समाजमा अरु समाजिक कार्यकर्ताहरु लाई अझै उत्साहित हुने र आझ राम्रो गर्न लाई प्रेरणा पाउने बताए।

दिलीप द्वारा गरीब मजदूर सहित अन्य सबै वर्गी को नाम मात्रको राशिले गरिएको खानाको ब्यवस्थापनले पुरै सीमाँचल वासी नै गौरवान्वित भएको बताए। यस्तो समाजसेवी लाई पहिचान गरि मंचले सम्मानित गरि अझ राम्रो गर्न लाई प्रेरणा दिएकोमा साधुवादको संज्ञा दिए।

दिलीप धरेवा संग सुरु देखि नै सेवामा सहयोग गर्दै आएका राजपाका जिलाध्यक्ष महोमद कादिरले भने कुनै निसहाय भोकै नरहोस भन्ने एउटा सानो प्रयास मात्र रहेको बताए। सम्मान कार्यक्रममा मंच द्वारा निशुल्क खानाको ब्यवस्थापनमा सहयोग गर्दै आएका मोहम्मद कादिर, टिवंकल कुमारी, बिनीता धरेवा, शान्ति श्रेष्ठ सहित अन्य कार्यकर्ता लाइ आशियान इंटरनेशनल जॉरनालिस्ट कॉउंसिलका मेराज सिद्धकी, नागरिक समाजका सूर्यनाथ सिंह, मंचका सचिव निर्मला देव , दीपक रॉयले संयुक्त रूपमा दाेसला तथा माला लगाएर सम्मानित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here