धादिङ २ फागुन । बेनीघाट रोराङ गाउँपालिका ५ चरौँदी पुल नजिकै भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । बिहान काठमाडौँतर्फ जाँदै गरेको बीआर ६ जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौं बाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here