रौतहट, २ फागुन।
ईशनाथ नगरपालिकाको वडा नं. २ मारवाडी टोलमा रहेको श्री प्राथमिक विधालय नवनिर्मित भवनको आज एक कार्यक्रमका विच उद्घाटन भएको छ ।

ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष कुमार मेहता तथा विधालयका लागि जग्गा दान गरेका जग्गादाता राजबंशी देवीले संयुक्त रुपमा नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्नु भएको हो ।

विधालय भवन उदघाटनका अवसरमा ईशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले आफु शिक्षा क्षेत्रबाट आएको र शिक्षाको विकासका लागि हरेक सम्भव प्रयास गर्ने बताए ।

उदघाटनका कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष विगु साह बनिया, वडा नं. २ का वडाध्यक्ष रामलक्ष्ण साह, वडा नं. ३ का वडा वडाअध्यक्ष कैलाश राउत, नगरपालिकाका लेखा प्रमुख मनोज कुमार ठाकुर, शिक्षा संयोजक चन्देश्वर प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र सिंह, प्रधानाध्यापक बाबुलाल साह, शिक्षक÷शिक्षिका तथा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।