रौतहट, १ फागुन ।
महिनौ देखि अलपत्र रहेको देवाही गोनाही नगरपालिकाको तेस्रो नगरसभाको लागि आजबाट बन्दसत्रको कार्य आरम्भ भएको छ ।
आर्थिक वर्ष सम्मापति संगै भएको तेस्रो नगर सभाको खुल्ला सत्र मेयर र उपमेयर विचको आन्तरिक विवादका कारण करिब ७ महिना देखि अलपत्र अवस्थामा रहे पछि संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले माघ महिनामा उपमेयर समेतलाई सहभागी गराई अनिवार्यरुपमा नगरसभाको कार्य गर्न निर्देशन दिए पछि आजबाट बन्द सत्र सुरु भएको हो ।
नगरपालिकाको प्रशासनिक कार्यका लागि जिम्मेबारी पाएका मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहको विषेश पहल पछि बिहीबार मेयर धर्मेन्द्र पटेल तथा उपमेयर पुरनीया देवी पटेलले सयुक्त रुपमा बन्दसत्रको उघाटनको कार्य आरम्भ गरेका थिए ।