काठमाडौँ १ फागुन । २ लाख घुससहित डिभिजन वन कार्यालय, नवलपरासी ९वर्दघाट सुस्ता पूर्व० मा कार्यरत सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेली पक्राउ परेका छन् ।
टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
देवकोटा र तेलीलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कावासोती नगरपालिका– ८ स्थित डिभिजन वन कार्यालयबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । सभार रातोपाटी संवाददाता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here