काठमाडौं १ फाल्गुन । कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकु अस्पतालमा पुगेका साउदी अरबका एक नागरिक फरार भएका छन् ।
चीनको बाटो हुँदै नेपाल आएका ति साउदी नागरिकलाई एक हप्तअअघि टेकु अस्पतालमा भर्ना गरिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँचका लागि पुगेका साउदी नागरिकमा रुघाखोकी र ज्वरो आएको थियो । उनलाई कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको थियो ।
कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरी तयारी गर्नासाथ उनी फरार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ति साउदी नागरिकको कोरोना परिक्षण हुन बाँकी रहेको थियो । सभार सञ्चारपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here