काठमाडौं २९ माघ । करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा ललितपुर र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले बुधबार थानकोट सतुंगलबाट भारतीय नागरिक पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीको अनुमान छ । विस्तृत जानकारी दिन प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here