कपिलवस्तु २८ माघ । मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा गोरुसिंगेबाट पथ्थरकोटतिर जाँदै गरेको २–०३००६–प ११६८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वसन्त श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल सवार दुईजना घाइते भएका छन् ।
तीव्र गतिमा रहेको मोटरसाइकलले श्रेष्ठलाई ठक्कर दिएपछि आँफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सन्तोष मगर र लक्ष्मण पौडेल रहेका छन् । उनीहरुको बुटवलस्थित अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here