बागलुङ २७ माघ । जिल्लाको बडिगाड गाउँपालिकामा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ । बडिगाड ५ ग्वालीचौरमा नहरमा खसेर ४ वर्षीया सिजन विकको मृत्यु भएको हो। घरनजिकै आफ्नी आमासँग भाँडा धुन गएका समयमा स्थानीय ग्वालीचौर जलविद्युत आयोजनाको नहरमा खसेकी बालिकालाई नहरले बगाएर २ सय मिटर तल पुर्‍याएको थियो। स्थानीयको सहयोगमा तत्कालै उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here