काठमाडौं २७ माघ । सवारी चालक अनुमतिपत्र लाइसेन्स लिने उमेर बढाइने भएको छ । सवारी लाइसेन्स लिने उमेर १६ वर्षबाट बढाएर १८ पुर्याउन लागिएको हो ।
यातायात व्यवस्था विभागले सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभएको छ ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएकाले सबै प्रकारका सवारीसाधनका लागि उमेर बढाउन लागिएको महानिर्देशक हमालले बताउनुभयो ।
अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ । विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । अहिले हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here