काठमाडौं २५ माघ ।
हिन्दू परिषद नेपाल केन्द्रिय कमिटिको विस्तारिक बैठक ११ बुन्दे सहित आज काठमाडौंमा सम्पन्न भएको छ।
परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा भएको बैठकले हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन निर्माण गर्ने, जनजागरण सभा लाई निरन्तरता दिने, संगठन विस्तार कार्यमा तीव्रता दिने, हिन्दूवादी अगुवाहरु लाई उचित सम्मानका परिषदमा आबद्ध गराउने, मठ-मन्दिर सरसफाई कार्य लाई निरन्तरता दिने,एकादशीको दिन नेपाल भरी माछा,मासु बन्द गरौ अभियान संचालन गर्ने, छुवाछुत र विभेद मुक्त समाज निर्माण अभियान संचालन गर्ने,धर्म परिवर्तन विरुद्धको महाअभियान संचालन गर्ने,गौ माता संरक्षण एवं सम्वर्द्धनअभियान संचालन गर्ने,धार्मिक र सामाजिक कार्य लाई निरन्तरता दिने,सनातन हिन्दू धर्मको संरक्षण र सम्वर्द्धन महाअभियान लाई तीव्रता दिने साथै १५ जना लाई देशभरि बाट केन्द्रिय कमिटिमा समावेश गरेको छ।
नवनियुक्त केन्द्रिय सदस्य चयन हुनेहरुमा अमरेन्द्र साह, शान्त बहादुर शाक्य,मनोज राउत,नबीन कुमार सिंह,मनोज मण्डल, साहेब ठाकुर,खगेन्द्र राज जोशी, विष्णु ज्ञवाली,लोकनाथ भण्डारी, लोकनाथ पाण्डे, रीता झा,राजकुमार रौनियार, संतोष बस्नेत,राममान महर्जन, संजय अग्रवाल लाई चयन गरेको छ।
केन्द्रिय विस्तारिक बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्षहरु विजय गुप्ता,सुनिता रौनियार, महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी,सुरेश साह कानू, भरत सरार्फ,चितरंजन श्रीवास्तव, उमेश साह कानू, श्यामसुंदर राय, साधना यादव,अजिता देवी,गायत्री साह,हंसा साह,पिंकी महासेठ, सजना खटिवटा, राकेश चौधरी लगायतको उपस्थिति रहेको थियो।साथै आउदो सावन महीना नेपालीहरुको सुख,शान्ति र समृद्धि हेतु रथ यात्रा संचालन गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here