रौतहट २५ माघ । राजपुर नगरपालिका वडा नं ४ स्थित खानेपानी टंकी परिषरमा चौतारा शिलान्यास गरिएको छ।
राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तर तथा निमित प्रमुख प्रशासकिय अधिकृत बौजु ठाकुरले संयुक्त रूपमा शुक्रबारको दिन चौताराको शिलान्यास गरेका छन् ।

नगर प्रमुख अख्तर र निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले इंटा, सिमेन्ट, बालुवाको घोलले जगको गाह्रो लगाउदै बन्ने चौताराको शिलान्यास गरेका हुन्।

चौतारा शिलान्यास गर्दै नगर प्रमुख अख्तरले चौतारा खानेपानी टंकी परिषरको मात्रै नभएर राजपुर नगरपालिकाको विकासमा सहयोग पुग्ने बताए ।

चौतारा निर्माण भएपछि नगरपालिकाको विकास निर्माणले थप तिव्रता पाउँने निमित प्रमुख प्रशासकिय अधिकृत ठाकुरले बताए।
वडा अध्यक्ष अनसारुल हकको अध्यक्षतामा भएको चौतारा शिलान्यास कार्यक्रममा शेख मोजरे आलम र शेख इनताजुल हक लगायत वडाका सर्वसाधारण नगरवासीहरुको सहभागीता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here