सिन्धुली २५ माघ । सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर दुधौली नगरपालिका १० पटियानीका ३५ बर्षीया कृष्ण कटुवालको मृत्यु भएको हो। दुधौली नगरपालिका १० पटियानीस्थित सार्वजनिक नर्सरीमा काडेतार बेरा लगाउन पिल्लर बनाउनको लागि फलामे रड सिधा बनाउने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको मेन लाइनमा रडले छुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि आरके अस्पताल सिराहा पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरीनायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here