आरके श्रीवास्तव ।
रौतहट, २५ माघ ।
रौतहट जिल्लाको चन्द्रपुरमा उपभोक्ता भेला तथा अन्य सरोकारवाला बिच सचेतना कार्यक्रम सम्पन्न भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालय खाद्द प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर को आयोजनामा आज २५ माघ शनिवारका दिन चन्द्रपुरको आर आर गेस्ट हाउसको सभाहलमा सम्पन्न भएको थियो । खाद प्रविधि तथा गुण नियन्त्रण कार्यालय खाद प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवाको आयोजनामा खाद स्वच्छता सम्बनिधी उपभोता भेला तथा होटेल स्तरीकरण लोगो वितरण सम्बन्धी छलफल गरिएको थियो । कार्यक्रममा उपभोताको हक हितका लागि विभन्नि विषयहरु सम्बन्धमा जानकारी गराइएको थियो । यस अवसरमा नगर उधोग वाणिज्य संघ चन्द्रपुरका माहासचिव सुनिल कुमार साह, होटेल व्यवसायी संघका महासचिव मदन तिम्लसिना, खाद प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनाल, भिजिट नेपाल २०२० का उदय सापकोटा,उपभोता हित संरक्षण मंच रौतहटका अध्यक्षटिका बहादुर घिमिरे, होटेल व्यवसायीहरु, पत्रकारहरु सहित दर्जनौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here