रौतहट, २५ माघ ।
राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तरले आफ्नै कार्यकाल भित्र नगरका विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा बनाउने बताएका छन् ।

Image may contain: 2 people


वडा नं. ५ राजपुर फरहदवामा रहेको श्री जनता माध्यामिक विद्यालयलाई जिल्ला मै एउटा नमुना विद्यालय संगै नगरका अन्य विद्यालयहरुलाई पनि नमुना विद्यालय बनाउने बताएका छन् ।
युवा र जागर निमित प्रमुख प्रशासकीय अधिकृत को रुपमा बैजु ठाकुरलाई आफुले पाएको बताउदैं नगर प्रमुख अख्तरले विद्यालयको लागि नयाँ भवनको शिलान्यासको साथसाथै काम पनि शुरु भइसकेको र आधुनिक प्रविधिको पढाईका लागि चाहिने कम्प्युटर, विज्ञान प्रयोगशालाका सामग्री, शिक्षकको निरन्तर उपस्तिथिको लागि थम्पीङ मेसिनको जडान आदि धेरै जस्ता काम गरि सकेकाले नमुना बनाउने कार्यमा सहज भएको प्रतिक्रिया दिए। आउने समयमा विद्यालयका लागि आवश्यक पर्ने हर थोकको व्यवस्था गर्ने प्रतिवद्धता समेत गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here