राैतहट, २० माघ । रौतहट जिल्लाकाे इशनाथ नगरपालिका ८ मनसरीका २० वर्षीय युवक एतेशामुल हकको शव फेला परेको छ।  स्थानीय मोतीपुर नरकटीया दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी आफ्नो घर फर्किने क्रममा बाटोबाटै सम्पर्कविहिन भएका एतेशामुल हककाे शव साेमबार राजपुर नगरपालिकास्थित अकाेलवाकाे एक नदीमा फेला परेकाे हाे।

हराएका युवक हककाे मोटरसाइकल राजपुर नगरपालिकास्थित अकाेलवा नजिकै खेतमा फेला परेको थियो। मोटरसाइकल भेटिएपछि उनको कल डिटेल हेरि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। कल डिटेलबाट सुरु अनुसन्धानका क्रममा उनको हत्या आशंकामा गएराति दुई युवती सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल फेला परेको स्थानबाट एक किलोमिटर दक्षिणमा उनको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिनु भयाे । ‘पाँच जनालाई नियन्त्रणमा लिएका छौं। उनको हत्या भएको हो। उनले भने, शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रौतहटमा ल्याउने काम भैरहेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here