आरके श्रीवास्तव ।
गरुडा,१८ माघ ।
रौतहट जिल्लाको गरुडा नपा वार्ड नम्बर ३ मलाहीमा आज सामुदायिक भवनको सिलान्यास गरिएको छ । आज २०७६ माघ १८ गते शनिवारका दिन एक कार्यक्रमका बिच रौतहट क्षेत्र नम्बर ४ का संघिय सांसद देवप्रसाद तिमिल्सिना सो भवनको सिलान्यास गर्नुभएको थियो । मलाहिको सम्पूर्ण उपभोता समितीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा सांसद तिमिल्सिना रहनु भएको थियो भने विशिष्ठ अतिथीको रुपमा गरुडा नपा का उपमेयर रंगिला देवि जयसवाल रहनु भएको थियो । ६३ लाख अनुमानित रकममा बन्न लागेको सामुदायिक भवनमा सांसद तिमिल्सिनाले आफनो संसदिय कोष बाट १५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । लालबाबु सहनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिवचन्द्र साहले कार्यक्रम संचालन गरेका थिए भने बलिराम सहनीले स्वागत मन्तव्य राखेका थिए । सामुदायिक भवनको लागि जग्गा उपलब्ध गराउने जग्गा धनी लक्ष्मी सहनी,ननिपत साह,जोगि सहनी लाइ टिका फुलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी,विशिष्ठ अतिथी र केही अतिथीहरु पनि सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै अतिथीहरुले आ आफनो तर्फ बाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्घता जनाएका थिए । रौतहटको विकासको लागि सबै पार्टी एक जुट हुनुपर्नेमा सांसद तिमिल्सिनाले जोड दिएका थिए । गरुडा वार्ड नम्बर ३ मलाहीका वडाध्यक्ष कृष्ण सहनीले निर्माणाधिन सामुदायिक भवनको अगाडी रहेको बाटो लाइ ग्रेभल र बिजली बतीको काममा सहयोग गर्ने आसवासन दिएका थिए । गरुडा नपा का उपप्रमुख जयसवालले नपा बाट हुन सक्ने आर्थिक सहयोग गर्ने आसवासन दिएकि थिइन् । यस अवसरमा सांसद तिमिल्सिना,उपमेयर जयसवाल, निमित प्रमुख प्रशासकिय अधिकृत इ मो. मुस्ताक आलम,मेयर प्रत्यासी सुनिल यादव,कलिमुल्लाह,महिला नेत्री जयरानी सहनी, नेकपा गरुडा नगर कमिटी अध्यक्ष श्याम नन्दन सहनी । मलाहीके भूपु अध्यक्ष रामकिशोर सहनी,मलाहीका वडाध्यक्ष कृष्ण सहनी,वडा सदस्य प्रेमलाल सहनी,गरुडा नपाका कार्यपालिका सदस्य शुशिला देवि जयसवाल सहति भद्रभलादमी,राजनैतिक दलके प्रतिनिधी सहित सयौं स्थानियबासिहरु सहभागिता रहेको थियो । सामुदायिक भवनका अध्यक्ष लालबाबु सहनीले सबैपक्षलाइ सहयोगका लागि अपिल गर्र्दै कार्यक्रमको समापन गरेका थिए ।