रौतहट, १७ माघ ।
प्रदेश नं. २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्ती बचत शिविर मौलापुर नपामा आज सम्पन्न भएको छ ।
मौलापुर नगरपालिका वडा नं. ८ र ९ को लागि सोनरनिया बजारमा संचालित शिविरमा तिन दिनमा लगभग २४४ जना छोरीको बिमा गरिएको मौलापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले रेड खबरलार्इ जानकारी दिए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।
बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले १३ हजार जम्मा गर्नेछ भने सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । २० वर्षमा १४ हजार रुपैयाँबाट बढेर सवा एक लाख रुपैयाँ हुनेछ ।
यस अवसरमा नगरपालिकाका वडा अध्यक्ष लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि, भद्रभलादमीको सहभागीता रहेको थियो ।