रौतहट, १७ माघ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वार्ड नंबर १० मा रहेको प्रहरी चौकी दुधिअवामा खरेलको नीजि लगानीमा दुर्गा मन्दिर निर्माण निर्माणका लागि सिलान्यास कार्य गरिएको छ ।
स्थानीय गोबिन्द खरेल र ंलक्ष्मी खरेलले सयुक्तरुपमा प्रहरी चौकी दुधिअवाको परिसरमा आज एक समारोहको आयोजना गरि प्रहरी चौकी परिसरमा मन्दिर निर्माणका लागि सिलन्यास गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक चन्द्रकिशोर साह, फतुवा बिजयपुर नगर पालिकाका उपमेयर कान्ति देवी चन्दादाता गोबिन्द खरेलले संयुक्त रुपमा उक्त दुर्गा मन्दिरको सिलन्यास गर्नु भयो ।
प्यागोडा शैलीमा निर्माण गरिने उक्त मन्दिर आफू एक्लैले निर्माण गर्न लागिएको चन्दादाता गोबिन्द खरेलले बताउनु भएको छ । उक्त अवसरमा वडा अध्यक्ष मनोज चौधरी, कोल्हवी बाराका समाजसेवी छविलाल उप्रेती लगायत सयौका सख्यामा समाजका अग्रज ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।