काठमाडौं १६ माघ । किर्ते गरी रकम ठगी गरेको अभियोगमा प्ररहीले एक जनालाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर षडानन्द नगरपालिका(११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरे रहेका छन्। कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्‍ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो। प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाइछिपाई राखेको नगद १८ लाख रुपैयाँसमेत फेला पारी बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here