रुपेन्देही, १६ माघ ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा विहिबार देखि दोस्रो संस्करणरुपमा रहेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित बिहीबार देखी राष्ट्रपति रनिङ्ग शिल्ड तथा नगरस्तरीय खेलकुद सप्ताह सुरु भएको हो ।

सैनामैना १० सालझण्डी पानबारीमा भएको कार्यक्रममा प्रदेश नं ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्धघाटन गर्नुभयो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले पालिका स्तरको खेल सप्ताहले स्थानिय प्रतिभावान खेलाडीहरुमा इट्टा थप्ने कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो –‘खेलकुद सप्ताहले सबैलाई एक ठाउँमा ल्याउने छ । ईट्टा थप्ने छ । र सैनामैनाको शिर उठाउने छ ।’

Image may contain: 9 people, including Jay Prakash Yadav, people standing, outdoor and nature

प्रदेश ५ नेकपाका प्रमुख सचेतक समेत रहनुभएका ढकालले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्रथामिकताका साथ अगाडि बढाएको बताउँदै खेलकुद क्षेत्रमा सैनामैना उत्कृष्ट नगरपालिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । स्वच्छ प्रतिस्पर्धा अनुसार अन्तरराष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुँदा विद्यालय स्तरको प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई सहयोग पुग्ने ढकालको भनाई छ । एक वर्ष पछी नगर स्तरको खेलकुद विकास समिती समेत गठन गरिने जानकारी गराउँदै ढकालले यो सप्ताहले खेलकुद क्षेत्रको संरक्षण र विकासका लागि कोसेढुङ्गा साबित हुने उल्लेख गर्नुभयो ।

Image may contain: 11 people, people standing, outdoor and nature

विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई खेलकुदमा पनि सक्षम बनाउने उद्धेश्यले नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । उहाँले स्थानिय प्रतिभाहरुको उजागर गर्न र खेलाडीलाई प्रोत्साहन गर्न सप्ताहव्यापी कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो । विकास निर्माणको प्रमुख आधार शिक्षा नै भएको चर्चा गर्दै कार्कीले विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता गराईने बताउनुभयो ।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य भुमिलाल सापकोटा, नेपाली कांग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, नगर प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतले बोल्दै सैनामैनामा खेलकुदको प्रशस्त सम्भावना रहेको बताउनुभयो । विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न खेल सप्ताहले टेवा पुर्याउने बताउँदै कार्यक्रम सफलताको कामना गर्नुभयो ।

Image may contain: 3 people, people standing, child, outdoor and nature

बिहीबारदेखी सुरु भएको प्रतियोगितामा एथलेक्टिस तर्फको खेलमा पन्ध्र सय मिटर छात्र तर्फको खेलमा पशुपति माविका ज्ञान सुन्दौली प्रथम, सुनगाभा पब्लिक स्कुलका केशव श्रेष्ठ द्धितिय र प्रभात ईङ्गलिस् बोर्डिङ्ग स्कुलका विरेन्द्र पुन तृतिय भएका छन् । त्यस्तै सटपुट खेलमा छात्र तर्फ पशुपति माविका विक्रम थारु प्रथम, सैनामैना माविका खेम नारायण थारु द्धितिय र दुर्गा भवानी माविका साजन बहादुर पौडेल तृतिय भएका छन् । यसैगरी कक्षा ६ देखि १० सम्मको सटपुट खेल छात्रातर्फको खेलमा ग्यालेक्सि ईङ्गलिस् बोर्डिङ्गकी स्मृति श्रीस प्रथम, सालझण्डी माविकी खोज कुमारी पुन द्धितिय र सुनगाभा पब्लिक स्कूलकी रेश्मा सुनार तृतिय यसैगरी छात्र तर्फ नव प्रभात ईङ्गलिस् स्कुलका सुरज थापा प्रथम,सिद्धार्थ मेमोरियल एकेडेमी बोडिङ स्कुलका रोहीत रेश्मी द्धितीय र सालझण्डी माविका महाविर सिंजाली तृतीय भएको एथलेक्टिस तर्फको खेल संयोजकले जानकारी दिएका छन् ।

Image may contain: one or more people, people on stage, child, basketball court and outdoor

सैनामैनाका विभिन्न ४ खेलकुद मैदानमा विविध खेलहरु हुनेछन् । खेलमा एथ्लेटिक्स, सटपुट, भलिबल, फुटबल,क्रिकेट, हाइजम्प, लङ्जम्प लगायत रहेका छन् । सैनामैनाका १८ वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सहभागि उत्कृष्ट बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने सहभागी मध्ये उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउने खेलकुद शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिनुभयो । सैनामैना नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, सैनामैना उपप्रमुख बिना राना, वडा नं १० का वडाध्यक्ष लोक नारायण थापा, नेकपाका सैनामैना इञ्चार्ज खुसीराम चौधरी, नेकपा नेता नारायण महत, सैनामैना नगर अध्यक्ष चेत नारायण न्यौपाने,सैनामैना जनमोर्चाका गणेश गौतम,सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्र बहादुर के।सी,जनप्रतिनिधी स्थानिय लगायतको सहभागिता रहेको थियो । उद्धघाटन समारोहमा सैनामैनाका सामुदायिक तथा संस्थागत विद्यालय गरी करिब ३० वटा विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए । संभार ः रेडियो टाईम्स ९४.८ मेगा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here