रौतहट, १६ माघ ।
रौतहटको चन्द्रपुर नगरपालीका वडा नं. ६ मा रहेको जनज्योती बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरको उद्धाटन गरिएको छ । श्री पञ्चमी अर्थात सरस्वती पुजाको अवसर पारेर बिहिबार निर्माण सम्पन्न भएको सरस्वती मन्दिरको उद्धघाटन गरीएको हो ।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहल र चन्द्रपुर नगरपालीकाको आर्थीक सहयोग निर्माण भएको मन्दिरको नगरपालिका मेयर रामचन्द्र चौधरीले उद्धघाटन गरेका हुन । मेयर चौधरीले क्याम्पसका लागी नगरपालिकाले पहिला पनि सहयोग गरेको र अबका दिनमा पनि सहयोग गर्ने बताए । स्ववियु सभापति संगम श्रेष्ठले स्ववियु बिद्यार्थीको हकहितमा क्रियाशिल रहदै आएको र आगामी दिनमा पनि क्याम्पसकोे स्तरोन्नती तथा बिद्यार्थीको भविष्यको सन्दर्भमा क्रियाशिल रहने बताए । मन्दिरका लागी सरस्वतीको मुर्ती भने स्थानिय नसिर आलमले सहयोग गरेको स्ववियु सभापति संगम श्रेष्ठले जानकारी दिए । ७ लाख रुपैया लागतमा निर्माण सम्पन्न भएको मन्दिरको बिहिबार मुर्ती प्राण प्रतिष्ठान गराई बिधि पूर्वक पुजाआजा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here