रौतहट, १६ माघ ।
रौतहटको ईसनाथ नगरपालिका मेयर सन्तोष मेहता आज दिन भरि नै आफना नगरका विभिन्न कार्यक्रमहरुमा सहभागि भई व्यस्त देखिएका छन् ।
श्रीपञ्चमीका अवसरमा नगरका विभिन्न विधालयहरुले आयोजना गरेको सरस्वती पुजामा सहभागी भएका मेयर मेहता नगरका केही अन्य कार्यक्रमहरुमा पनि सहभागी भएको देखिन्छ ।

Image may contain: 7 people, including Santos Mehta and Kanhaiya Mehta, people standing and outdoor

वडा नं. २ औरैयामा रहेको हनुमान मन्दिरको प्राण प्रतिष्ठानका लागि भएको कलस यात्रामा सहभागीता जनाए लगतै मेहता वडा नं. ९ मा डुमरिया मुस्लिम समुदायका लागि निर्माण हुने इदगाहको सिलान्यास गरेका छन् ।

Image may contain: 6 people, including Santos Mehta, people standing and outdoor

करिब ७ लाखको लागतमा निर्माण हुने उक्त इदगाहको सिलान्यास गर्दै मेयर मेहताले एक महीना भित्र निर्माण कार्य सम्पन्न गरिने प्रतिब्द्धता समेत जनाएका छन् ।
ईदगाह सिलान्यास कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष रामबाबु राय यादव समेतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here