आरके श्रीवास्तव ।

रौतहट,१५ माघ। प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमारमुद्वती बचत शिविर मौलापुर नपामा सुरु भएको छ । मौलापुर नगरपालिका वडा नं. ४,५, ६ र ७ को लागि मौलापुर बजारमा शिविर राखिएको थियो । मौलापुर नपाका मेयर रिना कुमारी साह र उपमेयर गौरी शंकर जयसवालले संयुक्त रूपमा दिप प्रज्वलन गरि कार्यक्रम को उदघाटन गरेका थिए । कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूको समझनामा एक मिनेट को लागि मौन धारण गरिएको थियोे । नगर प्रमुख साहको अध्यक्षतामा कार्यक्रम आयोजन गरिएको थियोे । मौलापुर नपाका प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले स्वागत मन्तव्य राखेका थिए । यस अवसरमा नपा वार्ड नम्बर ४ का वडाध्यक्ष धुपलाल राय यादव, वडा नम्बर ५ का वडाध्यक्ष बहिदार राउत ,वाड नम्बर ६ का वडाध्यक्ष उपेन्द्र जयसवाल,६ का रामपुकार राउत,९ का रामएकवाल साह ,१ का रामप्रवेश यादव प्रभु बैंक का प्रतिनिधी ,बेटी पढाऊ बेटी बचाउ अभियान रौतहटका कृष्णा साह सहित व्यतीहरू उपस्थिती रहेको थियो । कार्यक्रममा पहिलो दिन लगभग ४६ जना छोरीको बिमा गरिएको मौलापुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले मधेस खबरलाइ जानकारी दिए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले १३ हजार जम्मा गर्नेछ भने सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । २० वर्षमा १४ हजार रुपैयाँबाट बढेर सवा एक लाख रुपैयाँ हुनेछ । भोली माघ १६ गते नगरपालिकाको वडा नम्बर १ , २ र ३ को शिविर चिरचिरियामा र माघ १७ गते वडा नम्बर ८,९ को शिविर सोनरनियामा संचालन हुने जनाइएको छ । यस अवसरमा नगरपालिकाका वडा अध्यक्ष लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो । मौलापुर नपा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो । कार्यक्रम को संचालन सुरेन्द्र साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here