दाङ १४ माघ । चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्काबाट सोमबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दंगिशरण गाउँपालिका–१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र २४ वर्षीय सौगात घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा झोलाभित्र एक थान चितुवाको छाला भेटेपछि पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here